हरेक चार सेकेन्डमा एक जनाको भोकमरीले मृत्युः एनजीओज फ्ल्याग ग्लोबल क्राइसिस

न्युयोर्क । संसारमा हरेक चार सेकेन्डमा एकजना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निर्णायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका छन् ।
‘७५ देशका संस्थाहरूले एक खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् जसमा भोकमरीको स्तर बढ्दै गएको र कारबाहीका लागि सिफारिसहरू भएकोमा आक्रोश व्यक्त गरिएको छ’ एनजीओज फ्ल्याग ग्लोबल क्राइसिस मातहतका गैरसरकारी संस्थाहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘३४ करोड ५० लाख मानिसले अहिले तीव्र भोकमरीको सामना गरिरहेका छन्, यो संख्या सन् २०१९ पछि दोब्बर भएकाे छ ।’
संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विश्व नेताहरूले २१ औं शताब्दीमा कहिल्यै भोकमरी हुन नदिने वाचा गरे तापनि सोमालियामा फेरि भोकमरी आउन थालेको छ । संसारभर ४५ देशहरूमा ५० करोड मानिस भोकमरीको छेउमा छन् । ’
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया