ब्रह्मास्त्रबाट रणवीरले लिएनन् पारिश्रमिक

मुम्बई । अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको दुई हप्ता पछि पनि चर्चामै छ । फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यहीकारण बक्सअफिसमा पनि यसले विश्वव्यापी रुपमा ३ सय ५० करोड कलेक्सन गरिसकेको छ ।
फिल्मको बजेटका विषयमा पनि उत्तिकै चर्चा छ । हालैमात्र फिल्मका निर्देशक अयान मुखर्जीले फिल्मको बजेट र रणवीरको पारिश्रमिकको बारेमा खुलेर कुरा गरेका छन् । अयानका अनुसार रणवीरले फिल्मका लािग कुनै पारिश्रमिक लिएका छैनन् ।
‘यो फिल्म हाम्रो त्याग र बलिदानका कारण बनेको हो । त्यसकारण यो सत्य हो कि रणवीरको मूल्य एक स्टार र एक अभिनेताका रुपमा फिल्ममा छैन । उनले फिल्म निर्माणका लागि केही पनि लिएनन् । मलाई लाग्छ, उसको त्याग बिना यो फिल्म बन्न सम्भव थिएन । मलाई थाहा छैन अन्य कलाकारले यसो गर्छन् या गर्दैनन्’,उनले भनेका छन् ।
फिल्मले १४ औं दिनमा ३ दशमलब १० करोड कलेक्सन गरेको छ । यो सँगै भारतमा यसले २ सय ३० दशमलब ४० करोडको कलेक्स्न गरिसकेको छ । शुक्रबार परेको नेसनल सिनेमा डेका कारण फिल्मको कलेक्सनमा अझ बढावा हुने निर्माण पक्षको दाबी छ ।एजेन्सी










गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया