सोमबार, चैत २, २०८२

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत क्युआर भुक्तानी सुरू

मेरोन्यूज २०७९ असोज ७ गते १६:१३

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाइल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने बिकल्प छनौट गरी स्मार्ट क्युआर स्क्यान भुक्तानी गर्न सक्नेछन् । साथै एनआईसी एशिया बैंकमा खाता नभएका ग्राहकहरूले प्ले स्टोर वा एप स्टोरमा गइ एनआईसी एसिया मोबैंक एप डाउनलोड गरी लाइट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्ने छन् ।

यो सुविधा सुरु भएसँगै एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग सेवामा नया आयाम थपिएको छ । साथै स्मार्ट क्युआरमार्फत भुक्तानी लिने ब्यबसायीलाई पनि एन आइ सी एशिया बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता संग भुक्तानी लिन सहज भएको छ ।

प्रतिक्रिया