कांग्रेसको समानुपातिक सूचीमा प्रधानमन्त्रीपत्नीदेखि व्यापारीसम्म ( को-काे परे बन्दसूचीमा )

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन् ।
बन्दसूचीमा सभापति देउवानिकट नेतामात्रै होइन विभिन्न क्षेत्रका व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । बन्दसूचीको नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा.सुरेशकुमार कनोडिया, मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्यालदेखि व्यापारी अनिल रुँगटाको नाम सूचीमा रहेको छ ।
उक्त बन्दसूचीमा प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारलाई पनि समानुपातिक सूचीमा राखिएको छ ।
त्यसैगरी, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा रहेको छ भने वर्तमान सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुर पनि समानुपातिकबाटै चुनाव लड्ने भएका छन् ।
पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम पनि बन्दसूचीमा रहेको छ । बन्दसूचीमा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत पनि परेका छन् । उनले नुवाकोट १ बाट प्रत्यक्ष चुनाव लड्न चाहेका थिए । तर उनले त्यहाँ टिकट नपाउने भएपछि उनी पनि समानुपातिक सूचीमै परेका हुन् । यधपी कांग्रेसले बुझाएको सूचीमा शेखर कोइराला पक्षले भने असन्तुष्टि जनाईरहेको छ ।
कोईराला समुहले भने निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ । असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग शेखर कोइराला पक्षका नेताहरुको छ ।
















FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
प्रतिक्रिया