सान्जेन जलविद्युतको आईपीओमा साढे ३४ करोड रुपैयाँको आवेदन

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आइतबार ९ असोज बिहानसम्म १६ हजार ९८५ जना आवेदकले ३४ लाख ४४ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यसर्थ, अझै २ लाख ५ हजार ६३० कित्ता सेयर बिक्री हुन बाँकी रहेको छ ।
सान्जेनले गत ५ भदौदेखि १ सयअंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं। ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं। ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा ४ असोजसम्म आवेदन दिन सकिनेछ ।
यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।















इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया