मंगलबार, फागुन १२, २०८२

उम्मेदवार तय नहुँदै गृहमन्त्रीले खोले सम्पर्क कार्यालय

मेरोन्यूज २०७९ असोज १० गते १४:०२

काठमाडौँ । रुपन्देहीको निर्वाचन ३ मा कांग्रेसले उम्मेदवार तय नहुँदै सम्पर्क कार्यालय उद्घाटन गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार प्रस्ताव भइरहेको समयमै गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसले उम्मेदवारको टुंगो अझै लगाएको छैन । को कहाँबाट उम्मेदवारी हुने भन्ने पार्टीले तय नगरेको बेला गृहमन्त्रीसमेत रहेका रुपन्देही ३ बाट एकल प्रस्तावमा परेका बालकृष्ण खाँणले आफ्नै सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

आगामी निर्वाचनलाई लक्षित गर्दै सिद्धार्थनगर ६ गल्लामण्डीमा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँण रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारमा एकल सिफारिसमा परेका छन् ।

सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले कांग्रेसले आफूलाई उम्मेदवार प्रस्ताव गरे पनि कुनै टुंगो नलागेको बताए । रुपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्र रहेको छ ।

प्रतिक्रिया