आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ अन्तर्गत मंगलबार एउटा प्रतिस्पर्धा हुँदैछ ।
सुपर–८ को समूह दुईमा रहेका इंग्ल्यान्ड र पाकिस्तानले आज प्रतिस्पर्धा गर्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार मंगलबार साँझ ७ बजेर १५ मिनेट जाँदा श्रीलंकाको पालिखेल मैदानमा सुरु हुँदैछ ।सुपर–८ मा पाकिस्तानले एक अंक बनाएको छ भने इंग्ल्यान्डले दुई अंक जोडिसकेको छ । पहिलो खेलमा इंग्ल्यान्डले सहआयोजक श्रीलंकालाई ५१ रनले हराउँदै सुपर आठमा सुखद् सुरुवात गरेको हो ।
सुपर आठको पहिलो खेल वर्षाले अवरुद्ध हुँदा पाकिस्तानले भने न्युजिल्याण्डसँग अंक बाँडेको छ । चार टिमले एकएक खेल खेल्दा इंग्ल्यान्ड दुई अंकका साथ शीर्ष स्थानमा छ भने पाकिस्तान एक अंकसहित तेस्रो स्थानमा छ ।सुपर–८ को समूह एकमा भने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले एकएक जित निकाल्दा भारत र जिम्बाबे जितबिहीन छन् । भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित हुँदा जिम्बाबे वेस्ट इन्डिजसँग १०७ रनले पराजित भएको छ ।
२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।
सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।
टी–२० विश्वकप २०२६ को फाइनल फागुन २४ गते हुनेछ । नेपाल भने समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया