स्वास्थ्य पत्रकारहरुको नि:शुल्क मुटु परीक्षण

काठमाडौं । स्वास्थ्य विटमा क्रियाशिल पत्रकारहरुको नेशनल कार्डियाक सेन्टर बसुन्धरामा मुटु स्वास्थ्य परीक्षण गरिएको छ । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालको संयोजनमा विश्व मुटु दिवसको सन्दर्भ पारेर कार्डियाक सेन्टरले ३० जना बढी स्वास्थ्य पत्रकारहरुको निशुल्क मुटु जाँच गरिदिएको हो ।
मुटु परीक्षण प्याकेजमा उच्च रक्तचाप, बीएमआई, इको, इसिजि, रगत जाँचहरु सुगर, कोलेस्टेरोल, थाइरोडइ लगायतका थिए ।
परीक्षण पछि बरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ती अनिलले मुटुरोगको नियन्त्रणमा स्वास्थ्य सचेतनाको भूमिका विषयक प्रस्तुति दिएका थिए ।
डा. अनिलका अनुसार हामीले खाने आहारमा ध्यान दिएर नियमित व्यायम गर्ने,मदिरा चुरोट तथा अन्य जंकफुट लाई आजै देखि छाँडिदिए यसो गरेमा प्रेसर सुगर कोलेस्टेरोल बढ्न पाउँदैन्, यसबाट जोडिने मुटुरोग, मिर्गौला रोग र मस्तिष्क घात हुने जोखिम कम हुन्छ । जसले गर्दा शारीरिक अस्वस्थता हुने र आर्थिक भार हुने अवस्थाबाट पनि बचाउँछ ।
त्यसैगरी,मुटु विशेषज्ञ डा. अभिषेक ठाकुरले उनको प्रस्तुतिमा हृदयघात भएको कसरी चिन्ने, बेहोस अवस्थामा पुगेर मुटुको धडकन बन्द भएमा कसरी सीपीआर दिने ? आकस्मिक अवस्थामा अरु के के प्राथमिक उपचार गर्ने विषयमा जानकारी गराएका थिए ।
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया