मंसिर ९ देखि नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने
काठमाडौँ । आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो ।
दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुने छन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा पनि मञ्चन हुने छन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा दुई कलाकारको सहभागिता रहने र त्यसमध्ये १३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी काठमाडौँ बाहिरका कलाकार रहने छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले नेपालमा नाटक महोत्सव गर्न जरुरी रहेका कारण यो महोत्सव शुरु गरेको बताए । उनले अबको जिम्मेवारी आफूहरूको नै रहेकाले नाटकको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनु पर्ने बताएका थिए । उनले आफू सामाजिक रुपमा तयार रहेको पनि आर्थिक रुपमा कठिनाइ रहेको बताए ।
त्यस्तै, निर्देशक एवं वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए । उनले महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरुको साझा महोत्सवको रुपमा लिनु पर्ने बताएका थिए ।
यस वर्ष सामाजिक रुपान्तरणको लागि रंगमञ्च, विविधताको उत्सव भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव मनाउने आयोजकले बताएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया