मंगलबार, चैत ३, २०८२

एनसीसी र कुमारी बैंकबीच ‘मर्ज’ गर्न सम्झौता

मेरोन्यूज २०७९ असोज १० गते १८:१९

काठमाडौँ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र कुमारी बैंक मर्ज हुने भएको छ । सोमबार मेरियट होटलमा दुई बैंकका अधिकारीबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार एओयूमा एनसीसी बैंकका तर्फबाट मर्जर कमिटी संयोजक तथा सञ्चालक चन्द्र बाँस्तोला र कुमारी बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक तथा सञ्चालक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका थिए । दुई बैंकबीच सेयर आदनप्रदान अनुपात १ः१ मा हुने भएको छ ।

बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुने भएको छ । बैंकको निक्षेप तीन खर्ब ११ अर्ब ३४ करोड हुनेछ भने कर्जा दुई खर्ब ७४ अर्ब ५५ करोड हुनेछ । बैंकको कूल पुँजी ३७ अर्ब ६५ करोड हुने छ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त हुने छन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने भएका छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक नै हुने छ ।

प्रतिक्रिया