मंगलबारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने
काठमाडौँ । वल्ड्र टुरिजम डे को अवसरमा मंगलबारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने भएको छ ।
राजधानीमा सोमबार नेपाल गल्फ संघले पत्रकार सम्मेलन गरेर मंगलबारबाट आयोजन हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा ५४ होलको खेल हुनेछ ।
तीन दिने प्रतियोगितामा नेपाल, बंगलादेश, कतार र मलेसियाका ३६ खेलाडीको सहभागिता रहने छ । पुरूष र महिलाको टिम प्रतिस्पर्धा पनि हुनेछ । यो वल्ड्र र्याङकिङ प्रतियोगिता हो । त्यसैले महिला नेपाली गल्फरको लागि वल्ड्र र्याङकिङमा स्थान बनाउने अवसर पनि हो ।
नेपाल नम्बर एक गल्फर सुवास तामाङ र अर्का युवा खेलाडी सद्भाव आचार्यले नेपाल टिम ए तथा टसी छिरिङ र वाञ्चेन ढोण्डुपले नेपाल टिम बीचबाट प्रतिस्पर्धा गर्ने छन् । टिम प्रतिस्पर्धामा बंगलादेश र कतारको पनि सहभागिता रहने छ ।
महिलातर्फ कुल पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी प्रत्येक दिन ग्रस विजेता चुनिने गल्फ संघले जनाएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया