शेखर कोइराला पक्षको गतिविधिलाई हेरिरहेका छौँ : प्रवक्ता महत
मेरोन्यूज
२०७९ असोज ११ गते १६:१२

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रको गतिविधिलाई नजिकबाट हेरेको बताएका छन् । पार्टीका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षको गतिविधिप्रति उनले यस्तो बताएका हुन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारेको बताउँदै कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको दाबी गरे । उनले अहिले भइरहेको विरोध अनावश्यक भएको बताए ।
‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरू समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ, त्यहाँ कतिपय त्रुटिहरु छन्, तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन,’ उनले भने ।
शेखर पक्षका नेताले गर्दै आएको विरोधप्रति उनले भने, ‘यो पार्टी अनुशासनको कुरा होइन ।’
सम्बन्धित

















पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सम्बोधनअघिको दबाबमा ट्रम्प
प्रतिक्रिया