क्युबामा आँधीपछि १० लाख मानिस विद्युत्विहीन, फ्लोरिडामा आपत्काल घोषणा
हवाना । क्युबामा आँधीपछि १० लाख मानिस विद्युतविहीन भएका छन् । इयान आँधीका कारण एक जनाको मृत्युको भएको छ भने भवन तथा संरचनामा ठूलो क्षति भएको छ । क्युवाली राष्ट्रपति मिगुएल डियाज क्यानेलल आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । क्युवाली अधिकारीहरूले ६ वटा क्षेत्रमा आपतकाल घोषणा गरेका छन् । पूर्वानुमानकर्ताहरूले आँधी प्रभावित क्षेत्रमा अचानक बाढी पहिरो आउने चेतावनी दिएका छन् ।
तीन श्रेणीको आँधी १९५ किलोमिटर प्रतिघण्टा ९१२० माइल प्रतिघण्टा० को गतिमा अहिले फ्लोरिडातर्फ बढिरहेको छ । करिब एक शताब्दीमा फ्लोरिडाका केही भागले तीब्र आँधी सामना गर्न लागेको मौसमविद्हरुले चेतावनी दिएका छन् हो । मंगलबार रातिसम्म तुफान मेक्सिकोको दक्षिण–पूर्वी खाडीमा बलियो हुँदै अगाडि बढेको थियो । फ्लोरिडाका गर्भनर रोन डिसान्टिसले आपत्काल घोषणा गरेका छन् । प्रभावित क्षेत्रमा उद्दार प्रयास गर्न ५ हजार राष्ट्रिय गार्डलाई परिचान हुन आदेश दिएका छन् ।एजेन्सी
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया