दुई सदस्यको टुंगो लगाउदै एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधरणसभा आज हुँदैछ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने विशेष साधरणसभाले कार्यसमितिमा बाँकी रहेका दुई सदस्यको लागि निर्वाचित गर्नेछ । असार ६ मा सम्पन्न एन्फाको २१औं चुनावी साधरणसभाले २१ सदस्यीय कार्यसमितिमध्ये १९ जनाको मात्रै टुङ्गो लगाएको थियो । चार सदस्यबीच मत बराबरी भएपछि विशेष साधरणसभामा बाँकी दुई सदस्यका लागि निर्वाचन हुने बताइएको थियो ।
जसअनुसार रुपेश अधिकारी,लोकेन्द्र गुरुङ, दिपक थापा र दिपेन्द्र धिमालबीच निर्वाचन हुनेछ । चारै जनाले समान ३९ मत प्राप्त गरेका थिए । चार मध्ये अधिकारी, गुरुङ र थापा तत्कालिन अध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलका हुन् भने धिमाल वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका हुन् ।
असार ६ को चुनावी साधरणभाले अध्यक्षमा पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दिपक खतिवडा र दावा लामा , महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ, १३ खुल्ला सदस्यहरुमा महेन्द्र क्षेत्री, भोजराज शाही, मनिष जोशी, अनिल मल्ल, पुरुषोत्तम थापा, विजय नारायण श्रेष्ठ, रविन्द्र चन्द,टिका लामा, रमेश व्यञ्जनकार, भरत बुढथापा र मणिराज विष्ट निर्वाचित भएका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया