एससीटीको दशैँ अफर, भाटभटेनीमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १०% थप छुट

काठमाडौँ । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यु आरले भाटभटेनी र एन आई सी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको सु – अबसरमा बडा छुट अफर सार्बजनिक गरेको छ ।
यस अवसर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा थप १०% वा रू. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यु आरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् । विजयादशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यु आर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्घन गर्ने उद्देश्यका साथ यो अफर सार्बजनिक गरिएको हो ।
भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

















डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन
रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु
सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया