२५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा नेपाल प्रहरीको टिम प्रथम

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा १४ स्वर्ण, १० रजत र १४ कास्य गरी कुल ३८ पदक प्राप्त गरी नेपाल प्रहरीको टिमले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीमध्ये गौरव लामाले १ स्वर्ण र ४ कास्य, सुविज्ञ मान तुलाधरले ५ स्वर्ण र १ रजत, युवान लाल श्रेष्ठले १ रजत र ४ कास्य, सनिल कुमार थापा मगरले ३ रजत र १ कास्य, रेवान्त बहादुर श्रेष्ठले १ रजत, अभिभ प्रधानले ३ स्वर्ण र १ रजत, आयुक्ति थापाले २ स्वर्ण, समिरा सोभा थापा मगरले २ रजत र २ कास्य, सारसी खड्काले १ रजत र ३ कास्य, आर्य महर्जनले २ स्वर्ण तथा गौरव लामा, सुविज्ञ मान तुलाधर, युवान लाल श्रेष्ठ र सनिल कुमार थापा मगरले फ्रि स्टाईल रिलेमा १ स्वर्ण पदक प्राप्त गरेका थिए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को तयारी स्वरूप नेपाल पौडी संघको आयोजनामा असोज ५ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो ।

















पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सम्बोधनअघिको दबाबमा ट्रम्प
प्रतिक्रिया