दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण
काठमाडौँ । गुल्मीमा सवारी दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण गरिएको छ । सवारी व्यवस्थापन जिल्ला समिति गुल्मीको आज बसेको बैठकबाट न्यूनतम समय निर्धारण गरिएको हो ।
चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न सक्ने भएकाले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी सडकमा न्यूनतम समय निर्धारण गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
सुरक्षा निकायका प्रमुख यातायात व्यवसायी र पत्रकारको सहभागितामा भएको बैठकले साना र ठूला सवारी साधनलाई छुट्टाछुट्टै समय निर्धारण गरेको छ । तम्घास–रिडीको लागि साना सवारीको न्यूनतम समय १ घण्टा ३० मिनेट र ठूला सवारीको २ घण्टा समय तोकिएको छ ।
रिडी–तम्घासको लागि साना सवारीको १ घण्टा ४५ मिनेट र ठूला सवारीको २ घण्टा १५ मिनेट समय तोकिएको छ । यो सडक खण्ड ४५ किलोमिटर दुरीको छ । तोकिएको समय सवारी आवतजावतको लागि न्यूनतम हो । उकालो र ओरालोको आधारमा समय छुट्टाछुट्टै निर्धारण भएको हो ।
तोकिएको न्यूनतम समय अगावै सवारी आवतजावत गरेमा कानुनी कारबाही हुने प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । तीव्र गतिका कारणले हुन सक्ने दुर्घटनाप्रति लक्षित गर्दै न्यूनतम समय निर्धारण भएकाले नियम अक्षरशः पालना गर्न रानाभाटले सम्बन्धित पक्षलाई आग्रह गरे ।
चाडपर्वको क्रममा हुने सवारी दुर्घटना शून्य पार्न सबैले ट्राफिक नियम पालना गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले बताए । तम्घास–रिडी सडक खण्ड साँघुरो र निकै व्यस्त रहेकाले न्यूनतम समय निर्धारण गरिएको हो । त्योबाहेक गुल्मीअन्तर्गत अन्य सडक खण्डमा समय निर्धारण भएको छैन ।

















अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया