निर्वाचन आयोगको निर्णयप्रति प्रेस चौतारीको आपत्ति

काठमाडौं । प्रेस चौतारी नेपालले आसन्न निर्वाचन लक्षित निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति आपत्ति जनाएको छ । चौतारी अध्यक्ष गणेश बस्नेतले शुक्रबार विज्ञप्ति निकालेर आयोगको निर्णयप्रति आपत्ति जनाएका हुन् ।
‘आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘आयोगले प्रेस काउन्सिल नेपालको भूमिकालाई बाइपास गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेर अत्यन्तै आपत्तिजनक काम गरेको प्रेस चौतारी नेपालको ठहर छ ।’
विज्ञप्तिको पूर्णपाठ :
मिति : २०७९ असोज १४
प्रेस विज्ञप्ति
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । आयोगले प्रेस काउन्सिल नेपालको भूमिकालाई बाइपास गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेर अत्यन्तै आपत्तिजनक काम गरेको प्रेस चौतारी नेपालको ठहर छ ।
नेपाली सेना, नेपाल प्रहरीसहित विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि, कम्प्युटर अपरेटर रहने गरी आयोगका सहसचिव एवं प्रवक्ताको नेतृत्वमा ‘प्रेस अफिस’ नामक संयन्त्र निर्माण गरी आयोगले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजेको छ । जुन काम आयोगको क्षेत्रधिकारभन्दा बाहिरको बिषय हो । यस्तो कामले निर्वाचन आयोग स्थापित मुल्य, मान्यता र कानूनी राजभन्दा बाहिर जान खोजेको देखिएको छ । जुन लोकतान्त्रिक मुलुकमा कल्पना गर्ने बिषय होइन ।
सञ्चार माध्यममा संप्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको हो । प्रेस काउन्सिलको अधिकार खोसेर निर्वाचन आयोग आफैंले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने कामले निरंकुश राजतन्त्रकालिन झल्को दिएको प्रेस चौतारी नेपालको ठहर छ । हामी निर्वाचन आयोगलाई यस्तो गलत र आपत्तिजनक निर्णय तत्काल सच्याई नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न हार्दिक आग्रह गर्दछौं । आयोगले आफ्नो गलत र आपत्तिजनक निर्णय नसच्याएमा शसक्त प्रतिवाद गर्दै अवज्ञामा उत्रने जानकारी पनि यसै बिज्ञप्तीमार्फत गराउन चाहन्छौं ।
गणेश बस्नेत
अध्यक्ष


















अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया