रक्षक गौतमले छोडे आर्मी
मेरोन्यूज
२०७९ असोज १५ गते १२:०७
काठमाडौं । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी सिजन आर्मीमा नरहने निर्णय लिएका हुन् ।
गत सिजन गौतम पहिलो पटक आर्मीको जर्सिमा ए डिभिजन लिग खेलका थिए । त्यस अघि उनी जावलाखेल युथ क्लबमा थिए ।
आर्मीमा अनुबन्ध भएसगै राइट ब्याक गौतमले एएफसी कपको प्रारम्भिक छनोट खेलेका थिए । यद्यपि, आर्मी दोस्रो चरणमा स्थान बनाउन असफल रह्यो । आर्मीमा रहदा गौतमले थुप्रै मोफसल उपाधि जितेका थिए ।

गौतमले व्यक्तिगत कारण आर्मी छोडेको बताएका छन्, ‘व्यक्तिगत कारण आर्मी छोडेको हो’, गौतमले भने,’भविष्यको बारेमा अहिले केही टुंगो गरेको छैन ।’
११ असोजमा नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल खेल्दा गौतम घाइते थिए । जसका कारण टोली बाहिर रहे ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया