ब्याडमिन्टनको उपाधि भट्ट र खत्रीको जोडीलाई

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा जारी जिल्ला स्तरीय पुरुष खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि महेशप्रसाद भट्ट र दिपक खत्रीको जोडीले जितेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा राजेन्द्र थापा र टङ्कप्रसाद भट्टको जोडीलाई सोझो सेटमा पराजित गर्दै भट्ट र खत्रीको जोडी विजयी भएको हो ।
कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा उपाधि विजेत टोलीले रु २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । विजेता खेलाडीलाई जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पुरस्कृत गरेका थिए ।
यसैगरी उपविजेता थापा र भट्टको जोडीले रु ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिता संयोजक शेरबहादुर सिंहका अनुसार प्रतियोगितामा सिनियर र जुनियर ‘बी’ गरी छुट्टाछुट्टै खेल आयोजना गरिएको थियो । सिनियरतर्फ लोकेन्द्रसिंह ठगुन्ना र विवेक ऐर तथा रामचन्द्र रेग्मी र मोहन साउँदको जोडी तृतीय भयो । उनीहरुले रु पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
जुनियर ‘बी’तर्फको उपाधि कुवेर खड्का र लोकेन्द्रसिंह ऐरको जोडीले जितेको छ । फाइनलमा कमल रोकाया र शिवलाल चौधरीको जोडीलाई पराजित गर्दै खड्का र ऐरको जोडीले उपाधि जितेको हो । उनीहरुले रु १० हजार प्राप्त गरे । उपविजेता रोकाया र चौधरीको जोडीले रु पाँच हजार पुरस्कार प्राप्त ग¥यो ।
यस्तै जुनियर ‘बी’तर्फ सुरेन्द्र ओझा र हरिप्रसाद भट्ट तथा किशोर जैरु र दिपक कुवँरको जोडीले तृतीय स्थान हासिल ग¥यो । उनीहरुलाई रु एक हजार पाँच सय नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरियो । समापन समारोहमा समन्वय समितिका प्रमुख दुर्गा बोहरा, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष हरकसिंह धामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्का, कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घका संस्थापक अध्यक्ष क्षत्रज्ञनारायाण खत्रीलगायत सहभागी थिए । बडादसैँ र दिपावलीको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा जिल्लाभरबाट ५० टोली सहभागी थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया