चाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’

काठमाडौं, चाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ ।
गायक प्रधानको गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ । उनै, गायकले दशैं तिहारको अवसर पारेर ‘लाहुर’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
गीतले खासगरी दसैँ र तिहार जस्ता चाडमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई स्वर दिएको छ । यो गीतले लाहुर गएको श्रीमान् र उसलाई कुरिरहेकी श्रीमतीको भाव र माया भनेको छ । दशैं तिहारमा घर जान नपाउने लाुहरेहरुको कथालाई गीतमा सर्लक्कै टिपिएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण लाहुर जान वाध्य नेपाली कसरी चाडबाडमा पनि घर आउन पाउँदैनन् भन्ने यथार्थलाई गीतले फरक तरिकाले प्रस्तुत गरेको छ ।
परिवारको आग्रह र घर फर्किने आफ्नै चाह हुँदाहुँदै पनि परिबन्धमा परेर मन बाँधेर बस्नु पर्ने परदेशिएका नेपालीको कथालाई गीतले दुरुस्त उतारेको छ ।
संगीत तयार गरेका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उनले शब्द भने अनिल शर्माको सहयोगमा तयार गरेका छन् ।
हरि हुमागाईंले निर्देशन गरेको म्युजिक भिडियोले गीतको कथालाई न्याय गरेको छ । यसपटक पनि उनले भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । जहाँ, थुप्रै संवाद पनि समावेश छ । भिडियोमा उत्तम हुमागाँइको छायांकन, हरिकै सम्पादन छ । भिडियोमा पुष्पन प्रधानको कन्सेप्ट डिजाइन रहेको छ ।
भिडियोमा प्रकाश सपूत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईं, गोकुल हुमागाईं, सायना हुमागाईंलगायतको अभिनय छ ।
















जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया