शनिबार, चैत २८, २०८२

विजया दशमीको अवसरमा खस भाषाको लघु चलचित्र ‘विलय’

मेरोन्यूज २०७९ असोज १६ गते १४:३९

अछाम । नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा अछाममा नेपाली लघु चलचित्र विलय प्रदर्शन गरिने भएको छ। चलचित्र विलय अछामका विभिन्न ठाउँमा प्रदर्शन गरिने निमार्ण टिमले जनाएको छ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा छायांकन भएको लघु चलचित्र विलय खस भाषामा निर्माण भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

लघु चलचित्र विलयका निर्माता इराकु लामा, सृजना रोकाया, दुर्गा देवी रोकाया, महेश खड्का रहेका छन् भने निर्देशक प्रविन रोकायाले गरेका छन्। लघु चलचित्र वियलमा कलाकार श्रीजना स्नेही, निल गगन रोशन सिंह, सरोज खड्का, जीवन जंग थापा लगाएत स्थानीय कलाकारहरु रहेका छन्।

लघु चलचित्र विलयको छायाँकार नारायण जि. सी., संगीत कोविद बज्र, ध्वनि डीजाईन अनमोल थापा र रोशन क्षेत्रीले गर्नु भएको छ भने, सम्पादन र रंग सुदिप नेपाल र अनिल महर्जनले गरेका छन् ।

चलचित्रको कथासार एक पुरुष प्रति आकर्षित भएकी एक किशोरीको आशा बिलाई जाने रहेको छ। लघु चलचित्र विलयको उद्धेश्य स्थानीय भाषा, संस्कृति, भेसभूषाको संरक्षण गर्दै स्थानीय कलाकार तथा युवाहरुलईः प्रोत्साहान गर्ने रहेको छ।

लघु चलचित्र विलय असोज १४ गते देखि असोज २५ गते सम्म मेल्लेख गाउँपालिकामा, असोज २८ र २९ गते साँफेबगर नगरपालिकाको हल र साँफेबगरमा रहेको बुढीगंगा रिसोर्टमा प्रदर्शन गरिने छ। लघु चलचित्र विलय हेर्नका लागि एक सय रुपैयाँ टीकट लाग्ने जनाईएको छ।

प्रतिक्रिया