जिल्ला अस्पताल लमजुङको सेवा तीन दिन बन्द हुने
मेरोन्यूज
२०७९ असोज १७ गते १४:३६

लमजुङ १७ असोज
जिल्ला अस्पताल लमजुङले विजया दशमीको अवसरमा तीन दिन सेवा बन्द गर्ने भएको छ । असोज १८ गते नवमीदेखि २० गतेसम्म अस्पतालको प्रशासन तथा बहिरंग सेवा बन्द गर्ने भएको हो । अस्पतालले एक सूचना जारी गरी प्रशासन तथा बहिरंग विभाग बन्द हुने जनाएको छ ।
अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार प्रशासन तथा बहिरंग विभाग बन्द गरिए पनि अस्पतालले प्रदान गर्दै आएको आकस्मिक तथा अन्तरंग सेवा भने सञ्चालन हुनेछ ।
साथै डाईलासिस र प्रसुति सेवा पनि यथावत रुपमा नै सञ्चालन गरिने उनले बताए । चाडपर्वमा अस्पतालमा कार्यरत कर्मचारी दशैं मनाउन घरमा जाने भएकाले प्रशासन तथा बहिरंग सेवा बन्द गरिने अस्पतालले जनाएको छ ।
सम्बन्धित


















‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया