गीतमार्फत डेङ्गु सचेतना कार्यक्रम

‘सुत्नेबेला नगरौं भुल पनि,
सबले घरमा लगाऔं है झुल पनि’
अर्घाखाँचीमा डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि सचेतना अभियान थालिएको छ । सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण दर बढ्दै गएपछि सचेतना अभियान थालिएको हो ।
जिल्ला सुरक्षा समितिको आयोजनामा डेङ्गुुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तक्र्रिया गरिनाका साथै जिल्ला प्रहरी कार्यालयले विभिन्न सचेतनामूलक गीत सङ्गीत प्रस्तुत गरेको थियो । ट्राफिक प्रहरीका रणपाल सेनले ‘सुत्नेबेला नगरौँ भुल पनि, सबले घरमा लगाऔँ है झुल पनि’ बोलको गीत प्रस्तुत गरेको थियो । सन्धिखर्क नगरपालिकाका जनस्वास्थ्य निरीक्षक धर्मराज पन्थीले डेङ्गुु सर्ने कारण, त्यसको लक्षण तथा रोकथामका उपायका बारेमा जानकारी गराएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले चाडबाड नजिकिएसँगै डेङ्गुको सङ्क्रमणको जोखिम झन बढ्ने भएकाले यसको रोकथामका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो । सङ्क्रमण फैलिएका जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकताअनुसार सङ्क्रमण नियन्त्रण अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले उल्लेख गर्र्नुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, शितगङ्गा नगरपालिकाका प्रमुख छविलाल पौडेल, भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बञ्जाडे, प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजाल, विभिन्न कार्यालयका प्रमुख, सरोकारवाला तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
















Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया