सेलिब्रिटीको दशैं
कलाकारले यसरी मनाए दसैँ (फोटोफिचर)

काठमाडौँ । विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिवावबाट बडादसैँको टीका ग्रहण गरेका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।
नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टिका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टिका लगाइदिनुभएको छ । यस्तै अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मिरा आचार्यको तस्वीर राखेर पत्नी, छोरा र बुहारीलाई टिका लगाइदिनुभएको छ ।
यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टिका र जमरा थापेपश्चात् आशिर्वाद लिनुभएको छ । ‘छड्के २’ को छायाङ्कनमा व्यस्त अनमोल लगत्तै ‘जेरी’मा व्यस्त रहनुहुनेछ ।
अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टिका ग्रहण गर्नुभएको छ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टिका ग्रहण गर्नुभएको छ ।
यस्तै आमाबाट टिका र जमरा ग्रहण गरेपछि सामुहिक तस्वीर खिचाउँदै हाँस्यकलाकार शिवशङ्कर रिजालले दसैँको शुभकामना दिनुभएको छ । “तराई गएर अन्य मान्यजनबाट टिका ग्रहण गर्नेछु । मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ”, उहाँले सामाजिक सञ्चालमा लेख्नुभएको छ ।




















निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया