कतार विश्वकप सुरक्षामा टर्कीका प्रहरी आउने

काठमाडौं । कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ।
टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेसँगै कतार विश्वकपको सुरक्षा जिम्मा टर्कीले पनि पाउन लागेको हो। टर्कीले आफ्नो प्रहरी कतार पठाउने विषयमा संसदमा शनिवार प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव बुधवार पारित भएलगत्तै टर्की प्रहरीलाई कतार विश्वकपमा सुरक्षा गर्ने कानुनी वाटो खुलेको हो ।
कतारले टर्कीसँग सुरक्षा सहयोगका लागि अनुरोध गरेको थियो र सो लगत्तै कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले प्रहरी पठाउने कानुन पारित भएको जानकारी दिएको छ ।
उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि प्रहरी पठाउने छ । टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्ने बारेमा भने केही पनि बताइएको छैन। कानुन पारित भएलगत्तै कतार विश्वकपको जिम्मेवारी लिनका लागि टर्की प्रहरीले तयारी सुरु गरेको छ । कतार विश्वकप आगमी ४ मंशिर देखी सुरु हुदैँछ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया