संघीय निर्वाचन-२०७९
एकीकृत समाजवादीले टुंगो लगायो उम्मेदवार (नामावलीसहित)
पुर्वमन्त्री झाले पाएनन् टिकट

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ।
शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि समाजवादीले पनि प्रतिनिधिसभा तर्फका आफ्ना उम्मेदवार टुंग्याएको हो। जसमा एकीकृत समाजवादीले २० सिट मात्र पाएकाे थियाे ।
२० सिट मध्ये १९ जना उम्मेदवार टुंग्याएको छ भने थप एक उम्मेदवार टुगाे लगाउन बाँकी छ ।
एकीकृत समाजवादीका सचिवालय सदस्य समेत रहेका पूर्वमन्त्री रामचन्द्र झा टिकटबाट बञ्चित भएका छन् । धनुषा क्षेत्र नम्वर २ बाट उम्मेदवार बन्ने आकांक्षा झाले राखेका थिए । पार्टीबाट सर्वसम्मत उम्मेदवार सिफारिस पनि भएका झा अन्ततः टिकटबाट बञ्चित भएका हुन् ।
सत्ता गठबन्धनको सिट बाँडफाँडमा धनुषा क्षेत्र नम्वर २ नेपाली कांग्रेसको भागमा परेको छ ।
हेर्नुहाेस् सूचीमा…
१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र न.२ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र न.४ – कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८- जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
१४.सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ -शेरबहादुर कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेमबहादुर आले
















SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया