सिटी र चेल्सीको सहज जित
मेरोन्यूज
२०७९ असोज २३ गते ६:४८

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी र चेल्सीले शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेका छन् । सिटीले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हरायो । सिटीको जितमा जोआओ कन्सेलो, फिल फोडेन, रियाद मेहरेज र एर्लिङ हालान्डले एक एक गोल गरे ।
जितसँगै सिटीले ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटन ७ अंक जोडेर १६ औं स्थानमा छ । अर्को खेलमा चेल्सीले उल्भ्सलाई ३-० ले हरायो । चेल्सीको जितमा काइ हार्भट्ज, क्रिस्टियन पुलिसिच र अर्मान्डो ब्रोजाले एक एक गोल गरे ।
जितसँगै ८ खेलबाट १६ अंक जोडेको चेल्सी चौंथो स्थानमा उक्लिएको छ छ ।उल्भ्स ६ अंक जोडेर १८ औं स्थानमा छ । राति भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई १-० ले पराजित गर्यो । जितसंगै टोटनहम तेस्रो स्थानमा उक्लिएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया