नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेट आजदेखि

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा क्रिकेट रंगशालाको मैदानमा पहिलो दिन दुई खेल हुनेछ ।
उदघाटन खेलमा समूह ‘ए’ मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेल समूह ‘ए’ मै रहेका सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुनेछ । यो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।
असोज २३ देखि कात्तिक १ गतेसम्म हुने महिला क्रिकेट प्रतियोगितामा सात प्रदेश र दुई विभागीयसहित ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
समूह ‘ए’ मा एपीएफ क्लब, मधेश, गण्डकी, सुदूरपश्चिम र बागमती प्रदेश रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश छन् ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट भने भदौमा सम्पन्न भइसकेको छ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया