महासचिवहरुको चुनावी प्रतिस्पर्धा
प्रमुख दलका महासचिवसँग ‘हेभिवेट’ प्रतिस्पर्धी

काठमाडौं । प्रमुख तीन दल कांग्रेस, माओवादी केन्द्र र एमालेका अध्यक्ष पछिको कार्यकारी हैसियतमा शक्तिशाली मानिने महासचिव/महामन्त्रीहरुको चुनावी प्रतिस्पर्धा पनि यसपटक प्रतिनिधीसभामा रोचक देखिने भएको छ ।
तीनै दलका महामन्त्री÷महासचिवहरु प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको उम्मेदवार बनेका छन् ।
कांग्रेसका दुई जना महामन्त्री छन् – गगन थापा र विश्वप्रकाश शर्मा । गगन यस अगाडी पनि चुनाव जित्दैं आएका छन् । तर विश्वप्रकाश अहिलेसम्म चुनाव जितेर संसद छिर्न पाएका छैनन ।
कांग्रेससँग माओवादी केन्द्र लगायत सत्तासिन दलहरु (जसपा) वाहेकको गठबन्धन छ । एमालेसाग पनि जसपा, राप्रपा लगायतका दलहरुको प्रभाव क्षेत्र हेरेर गठबन्धन छ ।
दुई गठबन्धनका कारण पनि यसपटकको प्रतिनिधीसभा तथा प्रदेश सभाको निर्वाचन रोचक देखिन पुगेको छ ।
कांग्रेसका महामन्त्रीद्दय गगन र विश्वप्रकाश दुवै प्रतिनिधीसभाको चुनावी रेसमा छन् । गगन काठमाडौं ४ बाटै फेरि ह्याट्रिक गर्ने गरी चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धी २०७४ सालकै चिरपरिचित नै छन् । अर्थात एमालेका तर्फबाट राजन भट्टराईले गगनको सामना फेरि गर्न लागेका छन् ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बेला ओलीका परराष्ट्र सल्लाहकार भएर काम गरेका भट्टराई ओलीका विश्वसपात्र मध्येमा पर्छन । उनी गगनका प्रतिस्पर्धी हुन् ।
ग्त स्थानिय तहको वडागत मत विश्लेषण गर्दा काठमाडौं ४ मा एमालेसँग १६ हजार ५०७, कांग्रेससँग १५ हजार ७६३, एकीकृत समाजवादीसँग २ हजार ४ सय १४, माओवादीसँग ८४४ मत देखिन्छ ।
अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा १ मा चुनाव लडदैछन् । यस अगाडीको चुनावमा उनलाई माओवादी केन्द्रका राम कार्कीले चुनावमा पराजित गरेका थिए । यसपटक कार्कीले विश्वप्रकाशका लागि उक्त क्षेत्र छोडिदिएपछि विश्वप्रकाश सत्ता गठबन्धनको तर्फबाट झापा १ मा उम्मेदवार बनेका छन् ।
त्यहाँ उनको प्रतिस्पर्धी एमालेका अग्नि खरेल छन् । खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्त थिए । त्यस अगाडी पनि उनी कानुनमन्त्री भईसकेका ब्यक्ति हुन् ।
उक्त क्षेत्रको एमाले क्षेत्रिय कमिटिले रविन कोइरालालाई उम्मेदवार सिफारिस गरेका थिए । अग्नि खरेलले पनि झापा २ मा चुनाव लड्न चाहेका थिए । तर ओलीले झापा २ मा देवराज घिमिरेलाई टिकट दिएर अग्निलाई झापा १ को टिकट दिएका हुन् ।
यसले टिकट दावी गरिरहेका रविन कोइराला असन्तुष्ट बनेका छन् । उनलाई प्रदेश सभातिर टिकट ओलीले दिँदा पनि उनले यो समाचार तयार पार्दासम्म अश्वीकार गर्ने बताईरहेका छन् ।
एमालेभित्रको चुलिएको असन्तुष्टिका वीचमा विश्वप्रकाश यसपटक अघिल्ला सांसदा राम कार्की समेतको सहयोगमा उम्मेदवार बनेका छन् । जसकाकारण पनि विश्वप्रकाश र अग्निको चुनावी भीडन्त पनि रोचक नै देखिने भएको छ ।
झापा १ मा स्थानयि तहको वडागत मत विश्लेषण गर्दा एमालेसाग ३१ हजार २३२, कांग्रेससँग २४ हजार ०५९, राप्रपासँग ५ हजार ९२२ र माओवादीसँग ३ हजार ९०५ मत देखिन्छ ।
कांग्रेसका दुई महामन्त्री मात्रै होइन, एमाले र माओवादी केन्द्रका महासचिव हरु पनि प्रत्यक्ष तर्फ नै प्रतिनिधीसभाका उम्मेदवार बनेका छन् । एमाले महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ र माओवादी महासचिव देव गुरुङ लमजुङबाट प्रतिनिधीसभा उम्मेदवार छन् ।
पोखरेल यस अगाडी दाङ क्षेत्र नम्बर २ कै प्रदेश सभाबाट चुनाव लडेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए । त्यसवेला केन्द्रमा वाम गठबन्धनका तर्फबाट माओवादीका कृष्णवहादुर महराले चुनाव जितेका थिए ।
यसपटक पोखरेल केन्द्रमा उठेपछि पोखरेलसँग माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले चुनावी प्रतिस्पर्धा गर्न लागेकी छिन् । महराले चुनाव नलडने भन्दै शुरुमा समानुपातिक सूचीमा बसेका थिए । पछि फेरिउनले आफ्नी छोरी प्रगति महरालाई लुम्बिनी प्रदेश तर्फ समानुपातिक सूचीमा राखेर आफु समानुपातिक सूचीबाट पछि हटेका थिए ।
महरा प्रत्यक्षमा पछि हटेपछि माओवादीले सत्ता गठबन्धनमा आफ्नो भागमा परेको यो क्षेत्रबाट पूर्व मन्त्री समेत रहेकी नेतृ रेखा शर्मालाई उम्मेदवार बनाएको हो । अव एमाले महासचिवसँग माओवादीकी रेखा शर्माले चुनावी प्रतिस्पर्धा गर्नेछिन् ।
दाङ २ मा गत स्थानीय तह चुनावको परिणाम विश्लेषण गर्दा एमाले ३३ हजार ५९३ मत, कांग्रेससँग २३ हजार ३०१ मत र माओवादी सँग १० हजार ४७८ मत छ । गठबन्धन मिल्दा एमाले हाराहारी मत देखिन्छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङसँग भने एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिस्पर्धा गर्नेछन् । देव गुरुङ यस अगाडी पनि सोही क्षेत्रका सांसद थिए । पृथ्वीसुब्बा भने सोही क्षेत्रको प्रदेशसभाका सांसद थिए । एमाले उपमहासचिव गुरुङले यसपटक पनि प्रदेश सभामै उठ्न चाहेका थिए ।
तर एमालेभित्र गण्डकी प्रदेशमा गुरुङ र कास्कीका खगराज अधिकारीका वीचमा बढेको अन्तरविरोध हल गर्न एमालेले गुरुङलाई प्रतिनिधीसभातर्फ र अधिकारीलाई चुनाव पछि एमालेको प्रदेश सरकार बन्ने अवस्था निर्माण भए मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा उम्मेदवार बनाएको हो ।
त्यसो हुँदा माओवादीका महासचिव देव गुरुङसँग एमाले उपमहासचिव रहेका पृथ्वीसुब्बा गुरुङको चुनावी प्रतिस्पर्धा हुन लागेको हो । दुवै गुरुङ आ आफनो पार्टीभित्र प्रभावशाली रहेको र निर्वाचन क्षेत्रमा पनि उत्तिकै प्रभावी रहेकोले लमजुङको प्रतिनिधीसभाको निर्वाचन पनि यसपटक रोचक नै हुने देखिएको छ ।
लमजुङमा गत स्थानीय तह चुनावको वडागत मतका आधारमा हेर्दा एमालेसँग ४० हजार १९७ मत छ । कांग्रेससँग ३५ हजार २७६ र माओवादी केन्द्रसाग ६ हजार १२७ मत छ । सत्ता गठबन्धन एक हुँदा थोरै मतले एमाले भन्दा गठबन्धन बलियो देखिएको छ ।
















SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया