शुक्रबार, पुष ११, २०८२

चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ पूर्ण बैठक शुरू

मेरोन्यूज २०७९ असोज २३ गते १९:१५

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक आजदेखि सुरु भएको छ ।

बैठकमा पार्टीका महासचिव सी चिनफिङले पार्टी केन्द्रीय समितिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले २० औँ राष्ट्रिय महाधिवेशनका निम्ति तयार पारिएको प्रतिवेदनको मस्यौदामाथि पनि व्याख्यात्मक टिप्पणी गरेका छन् ।

पार्टीका अर्का नेता वाङ हुनिङले पनि चिनियाँ कम्युनिष्ट पार्टीको विधान संशोधन मस्यौदामा व्याख्यात्मक टिप्पणी गरेका थिए । बैठकमा सातौँ पूर्ण सत्रमा छलफलका लागि पेश गर्नु पर्ने तीनवटा दस्तावेजको अध्ययन पनि गरेको छ ।

सीपीसीको २० औँ राष्ट्रिय महाधिवेशन यही असोज ३० गते हुँदै छ । सीपीसीको यो महाधिवेशन चीनलाई आधुनिक सामाजवादी राष्ट्रका रूपमा रूपान्तरण गर्ने महत्वपूर्ण मानिएको छ ।

महाधिवेशनमा पार्टीले विगत पाँच वर्षमा गरेका कामको समीक्षा गर्ने छ । चिनियाँ विशेषतासहितको समाजवादलाई कायम गर्ने र चीनलाई नयाँ युगमा अग्रसर गराउनेबारे गहन छलफल हुने छ ।

प्रतिक्रिया