घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
उक्त शहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले सञ्चार माध्यमलाई बताएको छ ।
छत खसेलगत्तै स्थानीयबासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ । उद्धारकर्मी र स्थानीय अधिकारीले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पुर्याएका थिए ।
यसैबीच, भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आइतबार एउटा बस पहाडबाट खस्दा १० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । दुर्घटना आन्ध्र प्रदेशको अल्लुरी सीताराम राजु जिल्लामा भएको हो ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस विशाखापट्टनम शहरबाट एएसआर जिल्लाको पडेरु क्षेत्रतर्फ गइरहेको थियो । घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया