घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
उक्त शहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले सञ्चार माध्यमलाई बताएको छ ।
छत खसेलगत्तै स्थानीयबासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ । उद्धारकर्मी र स्थानीय अधिकारीले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पुर्याएका थिए ।
यसैबीच, भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आइतबार एउटा बस पहाडबाट खस्दा १० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । दुर्घटना आन्ध्र प्रदेशको अल्लुरी सीताराम राजु जिल्लामा भएको हो ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस विशाखापट्टनम शहरबाट एएसआर जिल्लाको पडेरु क्षेत्रतर्फ गइरहेको थियो । घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
















आज बुद्ध जयन्ती (वैशाख शुक्ल पूर्णिमा) मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया