बुद्ध एयर स्थापनाको २५ वर्ष पूरा

काठमाडौँ । नेपालको निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयर स्थापनाको २५ औँ वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको छ ।
सोमबार काठमाडौँमा वायुसेवाको २५ औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बुद्ध एयरले प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग २५ वर्षको यात्रामा विभिन्न उतारचढाव भोग्नु परेको बताए । उनले २५ वर्षको यात्रामा बुद्ध एयर वायुसेवा नियमसम्मत चलेको हुनाले सफलता मिल्दै गएको दाबी गरे ।
बस्नेतले नियम सम्मत कम्पनी चल्न सके सफलता पाउन समस्या नहुने बताए । उनले वायुसेवा क्षेत्र टे«ड नभएर उद्योग भएको बताउँदै अझै नयाँ गन्तव्य र अवसरको खोजी भइरहेको उल्लेख गरे ।
उनले आगामी दिनमा बुद्ध एयरलाई थप विश्वसनीय बनाउन मेहनतका साथ लागिरहने बताएका थिए । उनले रजत महोत्सवसँगै अबको यात्रा गोल्डेनतर्फको हुने बताउँदै बुद्धले निकट भविष्यमा तीन एटीआर जहाज थप गर्ने योजना सार्वजनिक गरे ।
बुद्ध एयरले ११ अक्टोबर १९९७ मा पहिलो व्यवसायिक उडान गरेको थियो । त्यसबेला काठमाडौँबाट माउण्टेन फ्लाइट, पोखरा र विराटनगरका लागि उडान राखिएको थियो । यो वायुसेवाले २५ वर्षअगाडि एउटा जहाजबाट शुरु गरेको हवाई उडानको यात्रा हाल १६ वटासम्म पुगेको छ ।
हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको बुद्ध एयरले सन् २०२१ मा मात्रै २० लाख ३२ हजार यात्रु उडाएको थियो ।

















डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन
रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु
सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया