मन्त्री भुसालले लिइन् शताब्दी पुरुषको स्वास्थ्यबारे जानकारी
मेरोन्यूज
२०७९ असोज २४ गते १९:३५

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
ललितपुरस्थित किस्ट मेडिकल कलेजमा आज पुगेर मन्त्री भुसालले अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यसँग जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । यस क्रममा मन्त्री भुसालले उनको स्वास्थ्यलाभको कामना गरिन् ।
अस्पतालका निर्देशक बज्राचार्यले उनको उपचार निःशुल्क रुपमा गरिएको जानकारी गराएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । रगत परीक्षणका क्रममा उनमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।
जोशीको स्वास्थ्यमा केही सुधार देखिए पनि खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ ।
सम्बन्धित
















तुइन खोलामा पहिरो जाँदा यातायात आंशिक रुपमा अवरुद्ध
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया