दोनेत्स्कमा दर्जनौँ सर्वसाधारणको शव फेला
मेरोन्यूज
२०७९ असोज २६ गते ७:३१

मस्को । युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई सहरमा रुसी हमलामा मारिएका दर्जनौं सर्वसाधारणको शव फेला पारेको मंगलबार जनाएको छ ।
‘स्भियाटोगिर्स्क र लाइमनका मुक्त शहरहरूमा, कानून प्रवर्तन अधिकारीहरूले नागरिकहरूको सामूहिक रुपमा शव गाडिएको ठाउँहरू पत्ता लगाए’, अभियोजक जनरलले एक विज्ञप्तिमा भने, ‘स्भियाटोगिर्स्कमा ३४ र लिमानमा ४४ अन्य अवशेषहरू निकालिएको थियो ।’
लिमानको एउटा चिहानमा अधिकारीहरूले करिब ११० वटा चिहान फेला पारेको अभियोजकको कार्यालयले जनाएको छ । ‘सबैभन्दा कान्छी व्यक्ति केबल एक वर्षकी छिन् । उनको शव सम्पूर्ण परिवारको छेउमा गाडिएको छ‘, विज्ञप्तिमा भनिएको छ ।एजेन्सी
सम्बन्धित















लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया