नेप्सेमा ११.३६ अंकको वृद्धि

काठमाडौं । लगातार दुई दिन घटेको सेयर बजारमा साताको चौथो कारोबार दिन बुधबार भने दोहोरो अंकले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.३६ अंकले वृद्धि भएर १८६६.५२ अंकमा बन्द भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४८ अंकले वृद्धि भएर ३६६.११ अंकमा बनद भएको छ ।
दशैं पछिको पहिलो कारोबार दिन आइतबार नै ४४ अंकको उच्च वृद्धि भएको नेप्से त्यसपछिको सोमबार र मंगलबार लगातार दुई दिन घटेको नेप्सेमा बुधबार भने बढेर बन्द भएको छ । नेप्सेमा वृद्धि हुँदा उपसूचकहरुमा पनि म्युचुअल फण्ड र व्यापार बाहेक सबै बढेका छन् ।
नेप्सेमा सुधार हुँदा बुधबार कारोबार रकम पनि वृद्धि भएको छ । मंगलबार ५५ करोडमा झरेको कारोबार रकम बढेर करिब ७० करोड पुगेको हो । बुधबार बजारमा २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदा ६९ करोड १७ लाख ३८ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको २ करोड ४० लाख १२ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको २ करोड २ लाख ६४ हजार र एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर १ करोड ८९ लाख ७७ हजारको किनबेच भएको छ ।
बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर किनबेच भएकोमा १४० कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ३९ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर छ । जसमध्ये अभियान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा महुली लघुवित्तको सेयर मूल्य ५.५१ प्रतिशत र प्रोग्रसिभ फाइनान्सको सेयर मूल्य ५.३५ प्रतिशतले वृद्धि भएको छ ।
यता एभरेष्ट बैंकको ऋणपत्रको मूल्य ९.८३ प्रतिशतले गिरावट भएर ७८० रुपैयाँ झरेको छ । त्यस्तै एनएमबि आइब्रिड फण्ड १ को इकाइमूल्य ५.७३ प्रतिशत र ग्लोबल आईइमई ब्यालेन्स फण्डको इकाइमूल्य ३.७८ प्रतिशतले गिरावट भएको छ ।















पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न आधिकारिक निकायकाे अनुरोध
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया