नवौं राष्ट्रिय खेलकुदः नेपाल प्रहरीको महिला क्रिकेट टिम दोस्रो खेलमा पनि विजयी

कास्की । पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत बुधबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब दोस्रो खेलमा पनि विजयी भएको छ ।
११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा १ नम्बर प्रदेशलाई १ सय १८ रनले पराजित गरेको हो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार बनाएको थियो । जवाफी ब्याटिङमा आएको १ नम्बर प्रदेशले २० ओभरमा ८ विकेटको क्षतिमा ४० रन मात्र बनाएको थियो ।
प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी कविता कुँवरले ३७ रन, काजल श्रेष्ठले ६ रन, सम्झना खड्काले ६० रन, अप्सरी बेगमले २१ रन र रूबिना क्षेत्रीले १६ रन जोडेका थिए भने अतिरिक्त १८ रन प्राप्त भएको थियो । बलिङतर्फ नेपाल पुलिस क्लबकी सबनम राई, कविता कुँवर र कविता जोशीले समान १ विकेट लिएका थिए र हिरुमई रायले ३ विकेट लिएकी थिइन । खेलमा ४३ बलमा १० चौका सहित ६० रन बनाएकी नेपाल पुलिस क्लबकी सम्झना खड्का प्लेयर अफ द म्याच घोषित भइन् ।
जितसँगै नेपाल प्रहरीको महिला क्रिकेट टिम समूह ‘बी’ मा ४ अंक सहित पहिलो स्थानमा रहेको छ । नेपाल प्रहरीको महिला क्रिकेट टिमले असोज २८ गते लुम्बिनी प्रदेश सँग तेस्रो खेल खेल्नेछ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया