महिला क्रिकेट : १४ बलमै एपीएफ विजयी

काठमाडौँ । राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफले बिहीबार आयोजक गण्डकी प्रदेशमाथि ९ विकेटको जित हात पारेको छ ।
पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य १४ बल खेल्दै भेट्टाएको हो । अघिल्लो खेलमा संघर्षपूर्ण जित निकालेको एपिएफले यससँगै जारी प्रतियोगितामा लागातार दोस्रो जित निकालेको छ ।
जवाफी ब्याटिङ गरेको एपीएफका तर्फबाट सीता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रनको पारी खेल्दा इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन योगादान गर्दै जित दिलाइन् ।
खराब लयबाट गुज्रिरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन् । श्रृष्टी जैसीले बनाएको ५ रन नै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।
एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन् । त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले १–१ विकेट लिए । गण्डकीका श्रृष्टी जैसीले १ विकेट लिइन् । जितसँगै एपीएफ ग्रुप ए को शीर्ष स्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित हासिल गर्दै ४ अंक जोडेको छ ।
















१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनामुलक कार्यक्रम सम्पन्न
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया