सयपत्री हाइड्रोको आईपीओ आइतबारबाट कारोबारमा आउने

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर आइतबार धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको आईपीओ विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार सेयर कारोबार नहुने र भोलि शनिबार परेकोले आइतबारबाट सेयर कारोबारमा आउने भएको हो ।
नेप्सेमा यो कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन् । नेप्सेले यो कम्पनीलाइई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।
यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ ।















रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
प्रतिक्रिया