मंगलबार, चैत ३, २०८२

शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सहायता गर्दै

मेरोन्यूज २०७९ असोज २८ गते १७:३०

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सांगीतिक उपकरण र खेलकुद सामग्री उपलब्ध गराएको छ । शाओमी नेपालले समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

“हामी सधै हामीले काम गरेको समुदायको उत्थान गर्ने कुरामा विश्वास गर्छौं । व्यापारको साथसाथै समुदायप्रतिको हाम्रो दायित्वको बारेमा हामी सचेत छौं । चाडपर्वहरू नजिकिँदै गर्दा दुःखमा परेकाहरुलाई सहयोग गर्ने यो भन्दा राम्रो अवसर अरु के होला,’ कार्यक्रमबारे बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘विद्यार्थीहरूसँग समय बिताउन पाउनु हाम्रो लागि एउटा फरक अनुभव थियो । अप्ठेरोमा परेकाहरूलाई हामी निरन्तर सहयोग गर्ने छौं र यो हाम्रो सानो प्रयासले निकट भविष्यमा सकारात्मक नतिजा ल्याउनेछ भन्ने मलाई विश्वास छ ।”

शाओमी नेपालले आफ्नो समुदायमा सेवा प्रदान गर्नका लागि विभिन्न गतिविधिहरू गर्दै आएको छ । विद्यार्थीहरूसँग समय बिताइ शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनका विद्यार्थीहरूलाई खेलकुदका सामग्री तथा संगीतका साधनहरू उपलब्ध गराउन मद्दत गरेको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर पंडाले डीएसए स्कूलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका थिए ।

शाओमी नेपालले टेकवाण्डो जस्ता खेलकुदमा संलग्न बालबालिकालाई उनीहरूको प्रतिभा र आत्मरक्षा सीपहरू निखार्न खेल सामग्रीहरू र संगीतमा इच्छुकहरुका लागि हर्मोनियम, धिमे, सारंगी र तबला जस्ता सांगीतिक यन्त्रहरू उपलब्ध गराएको छ ।

शाओमी नेपालले समाजप्रतिको आफ्नो जिम्मेवारीबारे सचेत एक परोपकारी व्यवसायिक संस्था हो । शाओमी नेपालले समाजमा केहि सकारात्मक गर्ने र खुशी फैलाउने कुरामा दृढ विश्वास गर्दछ । विगतका दिनहरुमा पनि शाओमी नेपालले धेरै कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहने छ ।

प्रतिक्रिया