महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु

महेन्द्रनगर (कञ्चनपुर), २ चैत : नेपाल–भारत सीमा नदी महाकालीमा साहसिक जलयात्रा व्यवसायिक रूपमा सञ्चालनमा आएको छ । पानी सप्ताहको अवसर पारेर विभिन्न सरोकारवाला निकायको पहलमा र्याफ्टिङको व्यावसायिक सुरुआत गरिएको हो ।
सन् २०२१ मा सफल परीक्षण गरिएको महाकाली नदीमा आजदेखि औपचारिक रूपमा -याफटिङ सञ्चालन सुरु गरिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीस्थित साइलेट रिभर क्षेत्रबाट -याफटिङ सञ्चालनमा ल्याइएको हो ।
गैरसरकारी संस्था निड्स नेपालको अगुवाइमा जिल्लास्थित विभिन्न संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमा प्याकेजमार्फत -याफटिङ सेवा उपलब्ध गराइने जनाइएको छ । निड्स नेपाल, होटल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायीहरूको सहकार्यमा -याफटिङ सञ्चालन हुने बताइएको छ ।
हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुईवटा -याफटिङ बोट सञ्चालनमा ल्याइएका छन् । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले लामो अध्ययनपछि महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु गरिएको बताए । उनका अनुसार सन् २०१७ मा महाकाली नदीको बहुउपयोग परियोजनाअन्तर्गत -याफटिङको सम्भाव्यता अध्ययन सुरु गरिएको थियो ।
जसमा अक्सफामलगायततका विभिन्न साझेदार संस्थाहरूको पनि सहभागिता रहेको थियो । उक्त अध्ययनअनुसार नेपालतर्फ डडेल्धुराको परशुराम नगरपालिका क्षेत्रबाट करिब १४ किलोमिटर र मसेट्टीदेखि खल्लासम्म आठ किलोमिटर दूरीमा साहसिक जलयात्रा सञ्चालन गर्न सकिने देखिएको थियो ।
भारततर्फ भने दुईवटा कम्पनीले सन् २०१५ देखि नै नियमित रूपमा -याफटिङ सञ्चालन गर्दै आएका छन् । -याफटिङ सञ्चालनका लागि स्थानीय र्याफ्टिङ चालक किशन भट्टलाई जिम्मेवारी दिइएको छ ।
पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी -याफटिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । कञ्चनपुर होटल व्यवसायी सङ्घका अध्यक्ष रामचन्द्र रेग्मीले निजी क्षेत्र -याफटिङ सञ्चालन र पर्यटन प्रवर्द्धनका लागि तयार रहेको बताए ।
नेपाल पर्यटन बोर्डले पनि -याफटिङ पर्यटनको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
















चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया