बिहीबार, पुष १०, २०८२

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन भोलीदेखि

महाधिवेशनमा २२९६ जना प्रतिनिधिले भाग लिँदै

मेरोन्यूज २०७९ असोज २९ गते १६:५१

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०‍ औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । महाधिवेशन बेइजिङ समयअनुसार आइतबार बिहान १० बजेदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा हुने छ ।

महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्त्वपूर्ण विषयहरुबारे छलफल र निर्णय गर्ने मुख्य एजेण्डा छ ।

अन्य एजेण्डामा कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय समिति निर्माण गर्ने, नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने, १९औं सीपीसी केन्द्रीय समितिको प्रतिवेदन पेस गर्ने, सीपीसीको विधान संशोधन लगायतका विषय छन् ।

प्रवक्ता स्वन एलीले शनिबार पत्रकार सम्मेलनमा महाधिवेशनबारे जानकारी दिएका हुन्। महाधिवेशन अक्टोबर २२ सम्म सञ्चालन हुने छ । महाधिवेशनमा २२९६ जना प्रतिनिधिले भाग लिँदैछन् । यी प्रतिनिधिले चीनका ९ करोड ६० लाख पार्टी सदस्यहरूको प्रतिनिधित्व गर्दछन् ।

प्रतिक्रिया