रुसको सैन्य तालिम केन्द्रमा गोली चल्यो, ११ जनाको मृत्यु

काठमाडौं । बन्दुकधारीले रुसको सैन्य तालिम केन्द्रमा आक्रमण गरेका छन् । आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको हो । रुस र युक्रेनका वीचमा केही महिना यता आक्रमण र प्रतिआक्रामणका घटना भईरहेका छन् ।
सरकारी समाचार एजेन्सी रियाका अनुसार रुसले आक्रमण भएको स्थानमा युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने काम गदैं आईरहेका थिए ।
रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन । उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ । आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ । उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने खुलेको छैन ।
‘युक्रेनविरुद्धको सैन्य अभियानमा स्वेच्छिक रुपमा भाग लिने इच्छा व्यक्त गर्ने व्यक्तिहरुलाई हतियार चलाउने तालिम दिने क्रममा आतंककारीहरुले साना हतियारले गोली चलाए,’ रुसको रक्षा मन्त्रालयले भनेको छ ।
















विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया