एपीएफ क्लवको अपराजित यात्रा कायमै

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली एपीएफ क्लवले अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दिँदै समूह विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५–१८ ले जितेको थियो । तेस्रो सेट २५–१० ले जित हात पारेर एपीएफले अन्तिम आठमा
आफ्नो स्थान पक्का गरेको हो । यस समूहबाट क्वाटरफाईनल पुग्ने अर्को टोलीको टुङ्गो भने सोमवार हुने सुदूरपश्चिम प्रदेश र एनआरएनए बीचको खेलपछि लाग्नेछ । लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा एपीएफले शतप्रतिशत जितसँगै ६ अंक जोडेको छ ।
प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया