इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु, ६१ जना घाइते
मेरोन्यूज
२०७९ असोज ३० गते २०:५५

काठमाडौँ । तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा चार कैदीको मृत्यु भएको छ ।
घटनामा अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको छ ।
इभिन कारागारको वार्डका केही कैदीहरूबीच हिजो राति भएको झडप र आगलागीपछि सो दुर्घटना भएको हो । विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो । उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए ।
घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो । १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो । प्रतिवेदनअनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो ।
सम्बन्धित











जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया