नवौँ राष्ट्रिय खेलकुदः करातेमा विभागीय टोलीको दबदबा
काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा विभागीय टोलीकै दबदबा रहेको छ । अहिले दिउँसोसम्म छिनोफानो भएका सबै ११ स्वर्ण पदक तीनवटै विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले आफ्नो पोल्टामा पारेका छन् ।
एपिएफ र आर्मीभन्दा पनि पुलिस क्लब अब्बल निस्केको छ । पुलिस क्लबले हालसम्म छिनोफानो भएका ११ मध्ये सात स्वर्ण जित्न सफल भएको छ । पुलिस क्लब शीर्ष स्थानमा छ । पुलिसले दुई रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ ।
अन्य दुई विभागीय क्लब एपिएफ र आर्मी क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आर्मी क्लबले दुई स्वर्ण र तीन रजत प्राप्त गरेको छ । एफिएफ क्लबले दुई स्वर्ण, तीन रजत र तीन कास्य पदक प्राप्त गरेको छ । विभागीय बाहेक सात प्रदेशको प्रदर्शन निकै कमजोर रहेको पाइएको छ ।
प्रदेश नं १, गण्डकी, बागमती, लुम्बिनी र मधेश प्रदेश क्रमशः चौथो, पाचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् । कर्णाली र सुदूरपश्चिम पदक तालिकाको पुछारमा छन् ।
प्रदेश १ ले दुई रजत र चार कास्य, गण्डकीले एक रजत र तीन कास्य, बागमतीले एक रजत र दुई कास्य, लुम्बिनीले चार कास्य तथा मधेश प्रदेशले दुई कास्य प्राप्त गरेको छ । कर्णाली र सुदूरपश्चिमले एक एक कास्य मात्र हात पारेका छन् ।
कुश्मास्थित मिनी कभर्डहलमा केहीबेर अघि सम्पन्न महिला ६८ किलो माथिको तौल समुहमा पुलिस क्लबकी इरिका गुरुङले स्वर्ण, आर्मीकी विभूषा थापाले रजत तथा प्रदेश १ की मिस्डोना राई र लुम्बिनीकी दिया थापाले कास्य पदक प्राप्त गरिन् ।
यस्तै पुरुष ६७ किलो तौल समुहमा पुलिस क्लबकै नविन रसाइलीले स्वर्ण, एपिएफका मिनबहादुर तामाङले रजत तथा मधेशका कृष्ण महतो र गण्डकीका मनोज श्रेष्ठले कास्य पदक प्राप्त गरे ।
यसैगरी पुरुष ६० किलो तौल समुहमा पुलिस क्लबका सन्तोष श्रेष्ठले स्वर्ण पदक जित्दा गण्डकीका सक्षम लामाले रजतमै चित्त बुझाए । सो स्पर्धामा लुम्बिनीका खड्ग थामी मगर र एपिएफका सुविन खत्रीले कास्य पदक प्राप्त गरे । करातेका मुख्य प्रशिक्षक तुलसी महर्जन अनुसार आजै थप दुई स्वर्ण पदकको छिनोफानो हुनेछ । महिला ६८ किलो मुनि र पुरुष ८४ किलो मुनि तौल समुहको फाइनल खेल हुँदैछ ।
यसअघि सम्पन्न महिला ५५ किलो तौल समुहमा नेपाल पुलिस क्लबकी सोनी राईले स्वर्ण, प्रदेश नं १ की विद्याकला राईले रजत तथा गण्डकीकी अनु गुरुङ र एपिएफकी मनिषा चौधरीले कास्य प्राप्त गरेका थिए । यस्तै पुरुष ७५ किलो कुमुतेतर्फ पुलिसकै गङ्गाराम कुशवारले स्वर्ण, गण्डकीका प्रतिक घर्तिमगरले रजत तथा बागमतीका रोशन बलामी र प्रदेश १ का रुरिहाङ राईले कास्य प्राप्त गरे ।
यसैगरी महिला ६१ किलो तौल समुहमा पुलिसकी अनु अधिकारीले स्वर्ण, पुलिसकै अर्मिला डिसीले रजत तथा एपिएफकी अस्तर राई र लुम्बिनीकी रविना घर्तिमगरले कास्य प्राप्त गरे ।
यस्तै पुरुष ८४ किलो माथिको तौल समुहमा पुलिसकै विप्लव श्रेष्ठले स्वर्ण जित्दा आर्मी क्लबका विपिनराजसिंह धामीले रजत तथा एपिएफका दिगम्बरप्रसाद पन्त र नारायणबहादुर गुरुङले कास्य प्राप्त गरे ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया