बेन्जेमालाई बलोन डि अर अवार्ड
काठमाडौं । रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले सोमबार बलोन डी अर अवार्ड जितेका छन् । गत सिजन रियल मड्रिडले स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्दा बेन्जेमाको प्रदर्शन प्रभावशाली रहेको थियो ।
बेन्जेमाले पहिलो पटक बलोन डी अर जित्ने क्रममा जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखका साडियो माने, म्यानचेस्टर सिटीका केभिन डि ब्रुयना र बार्सिलोना आएका रोबर्ट लेवान्डोवस्कीलाई पछि पारे ।
बेन्जेमाले रियलका लागि गत सिजन सबै खाले प्रतियोगिता गरि ४६ खेलमा ४४ गोल गरेका थिए । बेन्जेमा पछिल्लो १० सिजन लगातार बालोन डी अरको मनोनयमा परे पनि अवार्ड पहिलो पटक हो ।
सन् २०२१ मा उनले पहिलो पटक बलोन डी अर को शीर्ष १० मा स्थान बनाएका थिए । सो वर्ष लियोनल मेसीले अवार्ड जित्दा उनी चौथो स्थानमा रहे
यता महिलातर्फ भने बार्सिलोनाकी स्पेनिस मिडफिल्डर एलेक्सिया प्युटेलासले बालोन डी अर जितिन् ।
















आयोन र एक्सपिङसहित सीजी मोटर्सकाे पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प
हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै
वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया