खल्तीबाट मेट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा क्यासब्याक

काठमाडौँ । खल्तीले मेट लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर उपलब्ध गराएको छ । यस अफरअनुसार प्रयोगकर्ताले हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्ने छन् ।
साथै दुई भाग्यशाली विजेताले यही अक्टोबरदेखि डिसेम्बरसम्म, प्रत्येक महिना, स्मार्टब्याण्ड प्राप्त गर्ने छन् । यो अफर डिसेम्बर ३१ सम्म लागु हुने छ ।
प्रयोगकर्ताले प्रिमियम भुक्तानीका लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नु पर्ने हुन्छ । साथै, खल्तीमार्फत आउने क्यास्ब्याक प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्ने छन् ।
यस सुविधाबारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। धेरै बीमा ग्राहकले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने भएकाले भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको हो।’
पाँच हजारमाथिको प्रिमियम भुक्तानी गर्नु परे ग्राहकले आफ्नो ुखल्तीु केवाइसी अनिवार्य रुपमा भेरिफाई गराएको हुनु पर्ने छ । खल्ती अकाउण्ट केवाइसी भेरिफाइड नभएको खण्डमा प्रयोगकर्ताले सम्पूर्ण विवरण भरी भेरिफाई गर्न सक्ने छन् ।

















२८ खर्ब ७८ अर्ब पुग्यो तिर्न बाँकी सार्वजनिक ऋण
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
प्रतिक्रिया