आर्चरीः स्ट्यान्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण
मेरोन्यूज
२०७९ कार्तिक १ गते १७:१०

काठमाडौं, १ कात्तिक
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखराको आर्चरी मैदानमा भएको स्ट्यान्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण पदक जितेको छ।
गण्डकीका दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरपश्चिमले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्याे ।
महिलातर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पार्याे । सेनाका शरद बिक, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले स्वर्ण दिलाएका हुन् । प्रदेश १ ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।
स्ट्यान्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण पदक जित्यो । सेनाका प्रदीप सुनुवार र शारदा विकको जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।
सम्बन्धित
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया