दैलेखी युथ कप प्रतियोगिता सुरु

दैलेख । स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नारासहित दैलेखमा दैलेखी युथ कप खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । लामो समयदेखि खेलकुद महोत्सव सञ्चालन गर्दै आएको दैलेखी युथले यसपटक जिल्लास्तरीय खुल्ला दैलेखी युथकप फुटसल र व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको हो । ४ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका दशवटा फुटसल समूहहरू प्रतिस्पर्धामा सहभागी छन् । व्याटमिन्टनतर्फ दुई दर्जन सेट सहभागी हुने प्रतियोगिताको संयोजक मनोज भण्डारीले बताए । फुटसलका खेलहरू स्थानीय खुला मञ्च टुँडिखेलमा सञ्चालन भएको छ । व्याटमिन्टन तर्फका खेलहरू कभर्डहलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
फुटसलतर्फ प्रथम हुनेले ३० हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्याटमिन्टनतर्फ प्रथम पुरस्कार १५ हजार र दोस्रो हुनेले सात हजार नगद पुरस्कार प्रप्त गर्ने छन् । प्रतियोगिताका लागि नारायण नगरपालिका(१ वडा कार्यालयले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजन चामुण्डाबिन्द्रासैनी नगरपालिका र प्रायोजन तरुण मिडिया प्रालिको छ ।
तस्बिर विशाल सुनार
















कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया